स्ट्रलिङ चम्कदा सिटीको सानदार जित – Janadesh Daily | ePaper

स्ट्रलिङ चम्कदा सिटीको सानदार जित


एजेन्सी । इंग्लिस फरवार्ड रहिम स्ट्रलिङले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वार्टफोर्डमाथि सानदार जित हात पारेको छ ।

सिटीले वाटफोर्डलाई उसकै मैदानमा ४–० को फराकिलो जित हात पारेको हो । सिटीको जितमा रहिम स्ट्रलिङले दुई तथा फिल फोडेन र एमेरिक लापोर्टेले समान एक गोल गरे ।

एकपक्षीय बनेको खेलको ३१औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ४०औं मिनेटमा रहिमले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रतामा राखे । स्ट्रलिङको पेनाल्टी प्रहारलाई वाट्फोर्डका गोलरक्षक विन फोस्टरले बचाएपनि रिवाउन्डमा उनले बचाउन सकेनन् ।

६३औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ६६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ४–० को सानदार जित दिलाए ।

जितपछि दोस्रो स्थानमा रहेको सिटीले ३७ खेलबाट ७८ अंक बनाएको छ । पराजित वाट्फोर्ड ३४ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ । वाट्फोर्डलाई रेलिगेसन जोगाउन अन्तिम खेलमा जित निकालेर मात्रै पुग्दैन एस्टन भिल्लाको पनि नतिजा कुर्नुपर्ने हुन्छ । अब वाट्फोर्डले आर्सनलसँग तथा एस्टन भिल्लाले वेस्टह्यामसँग खेल्न बाँकी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्