न्यून चापीय प्रणाली सक्रियः काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना – Janadesh Daily | ePaper

न्यून चापीय प्रणाली सक्रियः काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना


जनादेश वेदर अपडेट ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको र यसले देशका अधिकांश स्थानमा मौसम बदली, वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार आज अपराह्न वा साँझतिर काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

यस्तै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म नै कायम रहने छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश-१ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २४ गते (शनिबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश- १ का धेरै स्थानहरू तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राति: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २५ गते (आइतबार)

दिउँसो : देशका पहाडी भूभागहरुका आंशिक वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: प्रदेश-१ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्