बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वः महरा – Janadesh Daily | ePaper

बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वः महरा


जनादेश, काठमाण्डौ ।

पूर्वसभामुख एवं निर्वाचन छेत्र नं. २ , दाड. का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले रोल्पाका आदर्श कम्युनिष्ट नेता बर्मन बुढा मगरको निधनमा हार्दिक श्रद्घाञ्जली व्यक्त गर्नुभएकोछ ।
बर्मन बुढा प्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गदै महराले भन्नुभएकोछः
‘मेरा आदरनिय व्यक्तित्व तथा पूर्व सांसद श्री बर्मन बुढा मगरको आज विहान ४ः३० बजे पाटन अस्पतालमा उपचारकै क्रममा ९० बर्षको उमेरमा निधन भएको छ । निधन भएको खवरले मलाई स्तव्ध बनाएको छ ।
श्री बर्मन बुढामगर २०४८ सालमा रोल्पा क्षेत्र न १ वाट निर्बाचित सांसद हुनुहुन्थ्यो । त्यही बेला रोल्पा क्षेत्र न २ बाट निर्वाचित भई उँहा र मैले तत्कालित संयुक्त जनमोर्चा नेपालका तर्फवाट संगै सांसद को भुमिका निर्वाह गरेका थियौ ।
श्री बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वको रुपमा म उहालाई सधै स्मरण गरिरहन्छु । उँहा कम्युनिष्टकै किल्ला रोल्पा थवाङ निवासी हुनुहुन्थ्यो ।
म यस घडिमा श्री बर्मन बुढा प्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दछु र सम्पूर्ण परिवार, आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
२०७७/०४/०७
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्