कसैले मांसहारी आन्दोलनको धम्की दिएका छन्, त्यो भनेको चिकेन चिल्ली खाने भनेको हो ? : ओली – Janadesh Daily | ePaper

कसैले मांसहारी आन्दोलनको धम्की दिएका छन्, त्यो भनेको चिकेन चिल्ली खाने भनेको हो ? : ओली


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मांसहारी आन्दोलन नरभक्षी आन्दोलन भएको बताएका छन् । ओली समूहले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दे ओलीले सो कुरा बताएका हुन् ।

‘कसै कसैले मांसहारी आन्दोलनको धम्की दिएका छन्, त्यो भनेको के हो ?  चिकेन चिल्ली खाने भनेको हो ? त्यो भनेको नरभक्षी आन्दोलन हो’ ओलीले भने । यस्तै, सभामा बोल्दै ओलीले आफूहरु नै आधिकारिक नेबपा भउको दावी गरेका छन् ।

शुक्रबारको सभा इतिहासमा मै ठूलो भएको दावी गर्दै ओलीले अब कुन पार्टी आधिकारिक हो भनेर भनिरहनु नपर्ने बताएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्