भारतीय पत्रकारको गोली हानी हत्या – Janadesh Daily | ePaper

भारतीय पत्रकारको गोली हानी हत्या


एजेन्सी ।

भारतको गाजियावादमा एक पत्रकारको गोली हानी हत्या गरिएको छ ।

विजयनगर निवासी विक्रम जोशीमाथि एक अज्ञात समुहले गोली प्रहार गरेको थियो । भाइते जोशिको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

मृतकले केही दन अघि मात्र आफ्नी भतिजीलाई केही युवाले दुख दिने गरेको उजुरी गरेका थिए । पक्राउ परेका मुख्य अभियुक्त रवि स्थानीय गुण्डा रहेको सञ्चारमाध्यमले जनाएका छन् । रविले युवतीलाई दुव्र्यवहार गरेपछि जोशी र रविको झगडा परेको थियोे । सोही रिसमा रविले जोशिलाई मारेको हुनसक्ने प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्