अदालतले रिहाइपछि नेता धर्मेन्द्र बास्तोला पुनः पक्राउ – Janadesh Daily | ePaper

अदालतले रिहाइपछि नेता धर्मेन्द्र बास्तोला पुनः पक्राउ


जनादेश, काडमाण्डौ । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ ।

पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा अगाडि बढाएको थियो ।

धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो । सर्वेच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका उनलाई प्रहरीले भने छाडेको छैन् ।

बिहिबार पुनः पक्राउ गरेर प्रहरीले उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेको थियो ।

शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि प्रहरीले फेरी उनलाई पक्रेको छ । बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरातसमा राखिएको छ ।

पुराना मुद्दम बाँकी रहेकाले उनलाई फेरी पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीलाई बताए । उनले भने–‘महाराजगञ्ज क्षेत्रमा भएको विष्फोटको घटमा संलग्नता बारे अनुसन्धान भइरहेको छ ।’

बसुन्धारा स्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटको घटनामा बास्तोला संलग्न रहेको प्रहरीको दाबी छ ।

अदालतबाट उनिविरुद्ध म्याद जारी भएको छ । बास्तोला विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्