फागुनपछि भयावह अवस्था आउने घनश्याम भुषालको चेतावनी – Janadesh Daily | ePaper

फागुनपछि भयावह अवस्था आउने घनश्याम भुषालको चेतावनी



जनादेश, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आगामी फागुन १५ गतेपछि देशमा डरलाग्दो राजनीतिक स्थिति आउने चेतावनी दिएका छन् ।

शनिबार झापाको विर्तामोडमा आफ्नो पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भुषालले अबको २० दिनपछि प्रतिनिधि सभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने उनले चेतावनी दिएका हुन् ।

अबको विकल्प कि प्रतिनिधि सभा पुनर्स्थापना कि सर्वनाश मात्र भएको नेता भुसालले चेतावनीको भाषामा भने, ‘अब अरू कुनै उपाय छैन कि संसदको पुनर्स्थापना कि सर्वनाश।’

प्रतिनिधि सभा पुनर्स्थापना नभए देश सर्वनाशको अवस्थामा जाने भुसालको भनाइ थियो। अब २० दिन भित्रमा अदालतको फैसला आउने र प्रतिनिधि सभा पुनर्स्थापना नभए त्यसपछिका दिन सर्वनाशको अवस्थामा पुग्ने उनले बताए।

संसद पुनर्स्थानाको मुद्दा जितिनेमा आफू विश्वस्त रहेको नेता भुसालले बताए। उनले भने, ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ। त्यसैले संसद पुनर्स्थापनाको मुद्दा जित्नै पर्छ। सर्वनाश हुन दिनु हुँदैन।’

आजको चेतना भएको अदालतको फैसला संविधानको मर्मअनुरुप नै हुने आफू विश्वस्त रहेको भुसालको भनाइ थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्