बाबुरामले अघि सारे ओली सरकारलाई एक सातामा घुँडा टेकाउने फर्मुला – Janadesh Daily | ePaper

बाबुरामले अघि सारे ओली सरकारलाई एक सातामा घुँडा टेकाउने फर्मुला



जनादेश, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको इतिहासमा राजा महेन्द्र र ज्ञानेन्द्रकोप्रति क्रान्ति पछि केपी ओलीले प्रतिक्रान्ति गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिसभा विघटनको विरोधमा धनकुटा सदरमुकाममा आज पार्टीले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता भट्टराईले यस्तो आरोप लगाउनु भएको हो । केपी ओलीको असंवैधानिक कदमविरुद्ध नेकपा लगायतका सवै पार्टी मिलेर सडक संघर्ष गरे वर्तमान सरकार ढल्ने दावी पनि उहाँले गर्नुभएको छ । संविधान र विधि जोगाउन नेपाली नागरिक सडक संघर्षमा जानुको विकल्प नरहेको उहाँको दाबी छ ।

जनताबाट निर्वाचित प्रधानमन्त्रीले अदालतलाई धम्की दिइरहँदा मौन रहन नहुने नेता भट्टराईको भनाई छ । लोकतन्त्रका लागि लडेको भन्ने नेपाली कांग्रेस अहिलेको प्रतिगमनमा चुप लागेर वस्नु आश्चर्यको विषय भएको टिप्पणी पनि नेता भट्टराईले गर्नुभयो ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एक भाषा, एक देश र एक संस्कृतिको अन्धभक्तवादलाई अहिलेको सरकारले अंगाल्न खाजेको हो भने त्यो नेपाली जनताको लागी अभिसाफ हुने दावी गर्नु भयो ।

नेता यादवले सर्वोच्च अदालतले संसद स्थापना गरेन भने त्यो भन्दा ठूलो अदालत, जनताको अदालत जनसंघर्षबाट संविधानको रक्षा गरी लोकतन्त्र र गणतन्त्र स्थापना गरेरै छाड्ने उद्धघोष पनि गर्नु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्