ओली प्रतिगमनविरुद्ध विशाल जनप्रदर्शनमा सहभागी बन्न प्रचण्ड-नेपालको भिडियो सन्देश – Janadesh Daily | ePaper

ओली प्रतिगमनविरुद्ध विशाल जनप्रदर्शनमा सहभागी बन्न प्रचण्ड-नेपालको भिडियो सन्देश


जनादेश, काठमाडौं ।

नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोधसभामा सबैलाई सहभागी बन्न आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत ओली प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सहभागी बन्न भिडियो सन्देश जारी गरेका छन् ।

भिडियो सन्देशमा प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको जानकारी दिएका छन् ।

‘म यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनसमुदायहरुसँग हामी सवैले लडेर प्राप्त उपलब्धिको रक्षा गर्नका निम्ति माघ २८ गते काठमाडौँको विरोध प्रदर्शनमा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्न चाहान्छु’, अध्यक्ष प्रचण्डले भनेका छन् ।

केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रचण्ड नेपाल समूह ले २८ गते काठमाडौँमा विशाल जनपर्दन गर्ने तयारी गरेको छ ।

https://www.facebook.com/prachanda.nepal/videos/906213496781244 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्