जाडोबाट बँच्न मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे अलर्ट ! – Janadesh Daily | ePaper

जाडोबाट बँच्न मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे अलर्ट !


जनादेश अपडेट ।

मौसममा सुधार भएपनि चिसो यथावत् रहेकाले यसबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सचेत गराएका छन् । आज (सोमबार) बिहान ६ बजे ३ दिनको मौसम अनुमानसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको हो।

‘चिसो अझै रहिरहने तथा तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ’, महाशाखाको सूचना ।

सोमबार बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसस रहेको थियो ।

मौसमविद्का अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन भने देशभर मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो छ :

माघ २६ गते सोमबार
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २७ गते मंगलबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

माघ २८ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्