कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि – Janadesh Daily | ePaper

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि


वीरगञ्ज ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताउनुभयो ।

उहाँले कांगे्रस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्