ओली हारिसके, अब उनीसँग हार्नेबाहेक विकल्प छैन : प्रचण्ड – Janadesh Daily | ePaper

ओली हारिसके, अब उनीसँग हार्नेबाहेक विकल्प छैन : प्रचण्ड


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पूर्णत रक्षात्मक अवस्थामा पुगेको दाबी गरेका छन् ।

आज काठमाडौंमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो राष्ट्रिय भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले ओली समूहको भेलामा दाबी गरिए अनुसार मानिस नआउनु नै ओली रक्षात्मक अवस्थामा पुगेको संकेत भएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले प्रतिक्रान्तिको प्रतिनिधित्व गरेकाले जनलहर उनको विरुद्धमा रहेको दाहालले दाबी गरे । ओलीले चुनाव गराउँदै नगराउने र गराए पनि नराम्रोसँग हार्ने प्रचण्डको दाबी छ । ओलीसँग अब हार्ने विकल्पमात्र बाँकी रहेको समेत उनले दाबी गरे ।

अपेक्षाकृत जनसमर्थन पाउन नसक्दा ओली समुह आन्तरिक समस्यामा डुविसकेको दाहालले जिकिर गरे । नेकपा एकता प्रकृयाले पूर्णता नपाउँदै विभाजन हुनुको खास कारण ओली रहेको दाहालको आरोप थियो ।

प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका ओलीलाई जनताले परास्त गरेर छाड्ने उद्घोष पनि अध्यक्ष प्रचण्डले गरेका छन् ।

नेकपा दाहाल नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीले आफैले घोषणा गरेको निर्वाचन नगराउने स्पष्ट रहेको दाबी गरे । ओलीले हार्ने चुनाव नगराउने भएकाले प्रतिगामी कदमको सडकबाट खवरदारी गर्नुको विकल्प नरहेको नेता नेपालको दाबी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्