सहिद तथा बेपत्ता परिवार सडकमा: सहिदको रगतले पोल्नेछ जनताको बिद्रोह बोल्नेछ – Janadesh Daily | ePaper

सहिद तथा बेपत्ता परिवार सडकमा: सहिदको रगतले पोल्नेछ जनताको बिद्रोह बोल्नेछ


जनादेश, काठमाण्डौ । प्रतिनिधिसभा बिघटनविरुद्ध देशव्यापी आन्दोलन चर्किरहेको बेलामा सहिद,बेपत्ता योद्धा परिवार, बाग्मती प्रदेशले पनि आन्दोलन थालेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदम गैरसंवैधानिक भएको भन्दै सहिद बेपत्ता परिवारले सोमबार काठमाण्डौंको बबरमहलमा विरोध र्यालीसहित कोणसभा थालेको छ ।

‘हाम्रो बलिदान,हाम्रो शान, जनताको शक्ति छ महान्’ भन्ने मूल नारासहित शुरु भएको र्यालीमा प्रतिगामी कदम मूर्दावाद, जनताको एकता जिन्दावाद,सहिद बेपत्ता परिवारको एउटै आवाज असंवैधानिक ‘कू’ मूर्दावाद, सहिदको रगतले पोल्नेछ जनताको बिद्रोह बोल्नेछ, अरु कुरा जान्दैनौं निरंकुश तानाशाही मान्दैनौं, संसद पुनर्स्थापना हाम्रो माग प्रतिगामीहरु पर भाग जस्ता नारा लगाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्