संयुक्त आन्दोलनमा जानु हुँदैन भन्ने शशांकलाई बाबुरामले दिए मुखभरीको जवाफ – Janadesh Daily | ePaper

संयुक्त आन्दोलनमा जानु हुँदैन भन्ने शशांकलाई बाबुरामले दिए मुखभरीको जवाफ


जनादेश सोसल मिडिया वाच ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको प्रतिगमनविरुद्ध संयुक्त आन्दोलनको विपक्षमा देखिएका कांग्रेस महामन्त्री शशांक कोइराललाई डा.बाबुराम भट्टराईले मुखभरीको जवाफ दिएका छन् ।

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले प्रतिगमनविरुद्ध गरिने संयुक्त संघर्षबाट नभाग्न काँग्रेसलाई आग्रह गरेका हुन् । नेता कोइरालाले ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न् भन्नु गम्भीर दृष्टिदोष भएको समेत भट्टराईको भनाई छ ।

शशांक कोइरालाको अभिव्यक्तिप्रति संकेत गर्दै डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न् भन्नु गम्भीर दृष्टिदोष हो है !’

नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस–कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन समेत स्मरण गराएका छन् ।

बाबुरामले भनेका छन्ः ‘हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस–कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौ । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती नदोहोरियोस् ! संयुक्त संघर्षबाट कोही नभागोस् !’

काँग्रेस महामन्त्री शशांक कोइरालाले ओलीको प्रतिगमन विरुद्ध आन्दोलन गर्नु काँग्रेसको हितमा हुन नसक्ने बताउँदै आएका छन् ।

संसद विघटनलाई कसरी सामना गर्ने भन्ने विषयमा कांग्रेस विभाजित छ । शशांकसहित शेरबहादुर देउवा नरम छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापा लगायतका नेता आन्दोलनको पक्षमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्