ब्यापक धरपकडमा उत्रियो बर्मेली सेना, आङ साङ सुचीको कार्यालयमा तोडफोड – Janadesh Daily | ePaper

ब्यापक धरपकडमा उत्रियो बर्मेली सेना, आङ साङ सुचीको कार्यालयमा तोडफोड


अन्तर्राष्ट्रिय अपडेट ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निषेधाज्ञा तोड्दै मंगलबार प्रदर्शनमा उत्रिएका नागरिकमाथि त्यहाँका सैनिकले रबरका गोली र पानीका फोहरा बर्साएका हुन्।

त्यस क्रममा आक्रोशित सेनाले नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको पार्टीको मुख्यालयमा तोडफोडसमेत गरेका छन्।

गत नोभेम्बरमा सम्पन्न चुनावमा सुचकिो पार्टी पार्टी नेसनल लिग फर डेमोक्रेसीले बहुमत (८३ प्रतिशत) ल्याएको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै शासन सत्ता कब्जा गरी मतपरिणाम बदर गरेको छ।

रबरका गोली लागेर २५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने थुप्रै आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यही माघ १९ अर्थात् फेब्रुअरी १ तारिखका दिन त्यहाँको सेनाले आङ सान सुची, राष्ट्रपति, मन्त्रीलगायत सबै प्रजातान्त्रिक नेताहरूलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएको हो।

सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकी लगायतका थुप्रै नेता कार्यकर्ताहरुलाई नजरबन्दमा राखेको छ । म्यानमारको सेनाको उक्त कदमको विश्वरभर कडा रुपमा आलोचना भैरहेको छ ।

त्यसविरुद्ध म्यान्मारका नागरिकले निरन्तर आन्दोलन गरिरेहका हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्