कोरोना महामारीः हिजो विश्वमा थपिए ४ लाख नयाँ संक्रमित, साढे १२ हजारको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः हिजो विश्वमा थपिए ४ लाख नयाँ संक्रमित, साढे १२ हजारको मृत्यु


अन्तर्राष्ट्रिय अपडेट ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ७० हजार छ सय ७१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा १२ हजार छ सय १४ जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ७३ लाख ७९ हजार नौ सय पाँच पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २३ लाख ४८ हजार सात सय १२ जनाको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ९० हजार ३९ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ दुई हजार नौ सय १० जनाको मृत्यु भएको छ।

बेलायतमा थप १२ हजार तीन सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार ५२ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा १० हजार पाँच सय १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ८५ जना संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा थप ५१ हजार सात सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय ४० जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा १५ हजार १९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय ३० जनाको मृत्यु भएको छ।

यस्तै, फ्रान्समा १८ हजार आठ सय ७०, दक्षिण अफ्रिकामा एक हजार सात सय ४२, कोलम्बियामा पाँच हजार चार सय ४२, मेक्सिकोमा तीन हजार आठ सय ६८, इरानमा सात हजार छ सय ४०, जर्मनीमा पाँच हजार सात सय २५, इटलीमा १० हजार छ सय ३०, स्पेनमा १६ हजार चार सय दुई, टर्कीमा आठ हजार छ सय ३६ तथा अर्जेन्टिनामा सात हजार सात सय ९४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्