मिस्टर केपी दुई वर्षपछि हुने निर्वाचनमा तपाईको जमानत जफत हुन्छ : वरिष्ठ नेता खनाल – Janadesh Daily | ePaper

मिस्टर केपी दुई वर्षपछि हुने निर्वाचनमा तपाईको जमानत जफत हुन्छ : वरिष्ठ नेता खनाल


जनादेश, काठमाडौं ।

नेकपा प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्षपछि हुने निर्वाचनमा पराजित हुने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड नेपाल पक्षले आज काठमाडौँमा गरेको आमसभामा बोल्दै दनालले सो कुरा बताएका हुन् ।

ओलीले संविधान भत्काएको जनाउँदै अब ६२/६३ साल भन्दा भन्दा ठूलो जनआन्दोलन हुने उनले चेतावनी समेत दिएका छन् । राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेका कारण ओली संकल्प पुजा गर्ने अवस्थामा पुगेको खनालले जनाएका छन् ।

‘मिस्टर केपी दुई वर्षपछि हुने निर्वाचनमा तपाईको जमानत जफत हुन्छ’ उनले भने।

यस्तै, ओलीले ३ वर्षमा कृषि क्रान्तिको क पनि उच्चारण नगरेको बताउँदै खनालले भने, ‘ओलीले ३ वर्षमा कृषि क्रान्तिको क पनि उच्चारण गरेन्न। हामी समाजवादका लागि अगाडि बढिरहेका छौं। पुष्पलालले पार्टी स्थापना गर्दा जनवाद भन्थे, यही हो जनवाद। केपी ओलीको धज्जी उडाएर आलोचना गर्न पाएका छौ त्यहि हो जनवाद।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्