एनओसीमा चतुरानन्दराज बैद्य नियुक्त – Janadesh Daily | ePaper

एनओसीमा चतुरानन्दराज बैद्य नियुक्त


जनादेश काठमाण्डौ ।
ओलम्पिक कमिटीको निर्वाचन रोक्न ...

नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त हुनुभएको छ ।

एनओसीद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले बैद्यलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।

नेपाल टेबुल टेनिस सङ्घका अध्यक्षसमेत रहनुभएका बैद्यलाई एनओसीको इतिहासमै कार्यकारी निर्देशक पदमा पहिलो पटक नियुक्त गरेको हो ।

यसअघि एनओसीले कार्यकारी निर्देशकको पद राख्ने गरेको थिएन् ।

टेबुल टेनिसका पूर्वखेलाडीसमेत रहनुभएका बैद्य विसं २०४६ बाट टेबुल टेनिस सङ्घमा आवद्ध रहँदै आउनुभएको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्