बाबुरामको अपिलः ज्ञानेन्द्रदेखि प्रचण्डसम्मलाई भन्छु- आउनुस् देश बचाऔं (भिडियोसहित) – Janadesh Daily | ePaper

बाबुरामको अपिलः ज्ञानेन्द्रदेखि प्रचण्डसम्मलाई भन्छु- आउनुस् देश बचाऔं (भिडियोसहित)


जनादेश मिडिया वाच ।

जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजालाई देश र संसदीय व्यवस्था बचाउन सबै शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

एपी वान टेलिभिजनबाट प्रशारण हुने भुषण दाहालको ‘द ब्राभो डेल्टा शो’ नामक कार्यक्रमलाई अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो अपिल गरेका हुन् ।

टेलिभिजनमा बाबुरामले भनेका छन्, “सबै नेता, पूर्वप्रधानमन्त्री र पूर्वराजासमेतले छातीमा हात राखेर सोचौं र देशलाई डरलाग्दो दिशातर्फ उन्मुख हुन खोजिरहेको छ। देशलाई बचाउनको निम्ती प्रयत्न गरौं भन्ने सबैसँग मेरो विनम्र आग्रह रहेको छ।”

 

बाबुराम भट्टराईले ओलीले जनतालाई धोका दिएको र उनको शासनकालमा देशमा प्रतिक्रान्तिको सुरुवात भएको बताएका छन् । ओलीलाई लक्षित गर्दै उनले भनेका छन्, ‘उहाँले अनेकन् दुष्कर्म गर्नुभयो । यसलाई ‘डिजास्टर’का तीन वर्ष भन्न चाहन्छु । केपी ओलीले नेपाली जनतामाथि धोका मात्रै दिनुभएन, उहाँ अत्यन्तै असफल र कलंकित प्रधानमन्त्रीका रूपमा रहनुभयो र अन्त्यमा आएर उहाँले पुस ५ गते प्रतिनिधिसभालाई संविधानविपरीत ढंगले भंग गरिदिनुभयो, त्यो नेपालको संविधानमाथि प्रहार र नयाँ ढंगको प्रतिक्रान्तिको सुरुवात हो,’ डा. भट्टराईले भने ।

हेर्नुस् पूरा भिडियोः

ओलीको प्रतिगमन रोक र देश बचाउन पूर्वराजा ज्ञानेन्द्रदेखि वर्तमानमा रहेका पूर्वप्रधानमन्त्रीसम्मलाई उनले अपिल गरेका छन् ।

तीन वर्ष पूरा नहुँदै ३४ महिनामै प्राप्त जनमतको खिल्ली उडाउँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि मुलुक अस्थिरताको दुष्चक्रतिर लम्किँदा शान्ति र स्थायित्वमाथि मात्रै प्रश्न उठेको छैन, समृद्धिको नारा कल्पनामा सीमित भएको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटनको कदम चालेपछि सरकारको नेतृत्व गरिरहेको दल नेकपा विभाजित भएर प्रचण्ड–नेपाल समूह पुनस्र्थापनाको एजेन्डासहित सडक संघर्ष छ । प्रमुख विपक्षी कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू पनि आन्दोलनमा उत्रिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्