निर्माण हुँदै गरेको हिमालयन हेलम्बु ग्रेट ट्रेल फिचर – Janadesh Daily | ePaper

निर्माण हुँदै गरेको हिमालयन हेलम्बु ग्रेट ट्रेल फिचर


जनादेश काठमाण्डौ ।

सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल ९पदमार्ग० निर्माण भइरहेको छ ।

हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो । हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने वन्यजन्तु रेडपान्डासमेत देख्न पाइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अगुवाइमा निर्माण भइरहेको मार्गलाई हेलम्बु हिमालयन ग्रेट ट्रेल नामाकरण गरिएको छ । अहिलेसम्म ३०० मिटर काम भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित रु तीन अर्ब ५० करोड बजेट लाग्ने छ । तस्वीर ः देवराज सुवेदी, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्