केवाबेँसीमा अस्थायी प्रहरी चौकी – Janadesh Daily | ePaper

केवाबेँसीमा अस्थायी प्रहरी चौकी


खाँदबारी ।

धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । धर्मदेवी नगरपालिका–८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा पटक–पटक चौकी माग गरे पनि स्थापना हुन सकेको थिएन ।

चौकी सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । प्रहरीका लागि स्थानीयवासी भक्तबहादुर कटुवाल दुर्गादेवी कटुवाल र ज्ञानबहादुर कटुवालले जग्गासमेत निःशुल्क दिनुभएको छ । यसअघि सभाखोलामा जाँच भएपछि धनकुटाको लेगुवाघाटमा मात्र प्रहरीचौकी थियो । केवा आसपासका स्थानीयवासीलाई चौकी नहुँदा सभाखोलासम्म आएर उजूरी गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी धनमाया श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रवेशको मुख्य नाका भएका कारण सुरक्षा सर्तकताको दृष्टिकोणले सुरक्षामा कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख नवराज मल्लले बताउनुभयो । सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको प्रहरी टोली राखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्