कतै खाना नपाएर, कतैै उपचार नपाएर मृत्यु – Janadesh Daily | ePaper

कतै खाना नपाएर, कतैै उपचार नपाएर मृत्यु


जनादेश काठमाण्डौ ।

जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ ।

एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताउनुभयो ।

यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको छ । स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

शिशुको स्वास्थ्यावस्था सामान्य छ । जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ । गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएका अवस्थामा गाउँलेलाई खबर गर्दागर्दै ज्यान गएको छिमेकीले रत्न पुरीले बताउनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवा, दक्षजनशक्ति र आधुनिक उपकरणका अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन् । बारेकोटको सेपुखोला स्वास्थ्यचौकीमा २०७५ देखि अहिलेसम्म ९९२ सुत्केरीले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आज नलगाड नगरपालिका–५ की २६ वर्षीया पार्वती वलीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ ।

सुत्केरी हुने मिति साउन २१ गते भए पनि गए राति घरमा लडेका कारण पेट दुखेपछि उनमा समस्या आएको थियो । समस्या आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्लीस्थित स्वास्थ्य संस्थामा पु¥याइए पनि शिशुको पेटमै मृत्यु भइसकेका कारण आमाको ज्यान बचाउन प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

राष्ट्रपति उद्धार कोषमार्फत उहाँलाई उद्धार गरिएको थियो । बुधबार भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे–गाउँपालिका– २ का नैने दमार्इँलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा आज हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । नैनेसँगै रहेका ५४ वर्षीय सार्की दमार्इँको उपचार गर्दागर्दै मृत्यु भइसकेको छ ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्