पूर्व डीआईजी कोइरालाको रिहाइबारे महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्ने – Janadesh Daily | ePaper

पूर्व डीआईजी कोइरालाको रिहाइबारे महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्ने


जनादेश, काठमाडौँ ।

पूर्व डीआईजी रन्जन कोइरालाको रिहाइलाई लिएर महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्ने जनाएको छ ।

श्रीमती हत्यामा जेल सजाए भोगिरहेका कोइराला सर्वोच्चको फैसला अनुसार आज रिहा भएका छन् । सर्वोच्चले जन्म कैद सजाय भोगरहेका कोइरालाको आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइराला जेलमुक्त भएका हुन् ।

श्रीमती गीता ढकालको हत्या गरेका काइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । तर, असार १५ मा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले हत्या हुनुमा मृतको गल्ति देखाउदै कोइरालाविरुद्धको सजाय घटाएको थियो ।

कोइरालाले ८ वर्ष अघि श्रीमतीको हत्या गरी मकवानपुरको जंगलमा लगेर शव जलाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्