कमल गाउँलेको के के हुने हो सार्वजनिक – Janadesh Daily | ePaper

कमल गाउँलेको के के हुने हो सार्वजनिक


चन्द्रप्रकाश नेपाली

घोराही। हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ ।

कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा तयार पार्नुभएको के के हुने हो भन्ने गाईजात्रे गितको आज घोराहीमा बिमोचन समेत गरिएको छ ।

उक्त गितको बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले विमोचन गर्नुभएको हो । उक्त गाईजात्रे गितमा भ्रष्टाचार, अनियमितता, रोग, भोक, राजनिति, नेताको प्रबृत्ती, आन्दोलन, सत्ता लगाएतका बिषयलाई व्यंग मार्फत चित्रित गरिएको छ ।

कार्यक्रममा बोल्दै कमल गाउँलेले २०५७ साल देखी आफुले निरन्तरत गाईजात्रे गितहरु बजारमा ल्याएको बताउनुभयो । गित, कला र व्यंग्य मार्फत समसामयी विषयलाई उजागर गर्दै सुशासन कायम गर्ने आफ्नो उदेश्य रहेको बताउनुभयो ।

देशमा असल मान्छे, असल प्रबृत्ती र सुशासन कायम होस भन्ने उदेश्यका साथ व्यंग्यात्मक ढंगबाट गाईजात्रालाई आफुले गितमा जोडेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ पत्रकार शर्माले शब्द र बोलीबाट समाज रुपान्तरणमा ठूलो भूमिका खेल्न सकिने बताउनुभयो ।

हास्यकलाकार कमल गाउँलेका प्रस्तुतीहरु सामाजिक चरित्र सँग जोडिएर आउने समेत उल्लेख गर्नुभयो । भ्रष्टाचार, अनियमितता, आरोप प्रत्यारोपलाई बदल्न व्यंग्यहरुले दवाव दिने बताउनुभयो ।

गित संगित र कलाको माध्यमबाट सरकारका कामको प्रसंसा र खराब कामको आलोचना गर्नु आबस्यक रहेको समेत बताउनुभयो । समाज रुपान्तरणमा व्यंग्यले सघाउने उहाँको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्