कोरोनाविरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपललाई आठ अर्ब सहयोग गर्ने – Janadesh Daily | ePaper

कोरोनाविरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपललाई आठ अर्ब सहयोग गर्ने


काठमाडौँ ।

सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइको छ ।

खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्