पहिराबाट ६९ घरपरिवार विस्थापित, छ विद्यालयमा क्षति – Janadesh Daily | ePaper

पहिराबाट ६९ घरपरिवार विस्थापित, छ विद्यालयमा क्षति


जनादेश गोरखा ।

बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिराका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिराका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

पहिरोका कारण बारपाकका २४ घर परिवार ...

लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।

पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिराले विस्थापित भएका छन् ।

निरन्तरको वर्षापछि आएको पहिराले गाउँपालिकाभित्रका छ वटा विद्यालयमा समेत क्षति पु¥याएको उहाँले बताउनुभयोे । पहिराका कारण वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्वति माध्यामिक विद्यालय र मनासलु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पु¥याएको अध्यक्ष भट्टले बताउनुभयो ।

त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिराले क्षति पु¥याएको उहाँले जनकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्