रोमाको आधादर्जन गोल – Janadesh Daily | ePaper

रोमाको आधादर्जन गोल


एजेन्सी इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो ।

रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा निकोला कालिनिकको गोलबाट रोमाले खेलमा अग्रता बनाएको थियो । २४औं मिनेटमा अल्ब्रेटोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा कार्लेस पेरेसले गोल गरेपछि रोमाले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो ।

४७औं मिनेटमा कोलारोभले गोल गर्दै रोमालाई ३–१ ले अघि बढाए । ५२औं मिनेटमा ब्रुनो पेरेसले गोल गर्दै रोमालाई फराकिलो जिततर्फ अघि बढाए । ७५औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै रोमाले खेलमा ५–१ को फराकिलो अग्रता बनायो ।

८६औं मिनेटमा घरेलु टोली एस्पाल १० खेलाडीमा समेटियो । केभिन बोनीफाजी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । अन्तिम समयमा निकोलो जानिओलोले गोल गर्दै रोमालाई ६–१ को फराकिलो जित दिलाए ।  जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ६१ अंक जोडेको छ । पराजित एस्पाल १९ अंक जोडेर पुछारमा छ ।

अन्य खेल

पार्माविरुद्ध नेपोली (–१)

लेच्चेविरुद्ध ब्रेसिया (–१)

साम्पडोरियाविरुद्ध जिनोआ (१–)

टोरिनोविरुद्ध हेलास भेरोना (१–१)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्