वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा – Janadesh Daily | ePaper

वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा


एजेनसी वेस्ट ब्रोम अल्वियोन दुई वर्षपछि प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्यान्डको दोस्रो डिभिजनको च्याम्पियनसिपको दोस्रो स्थानमा रहँदै वेस्ट ब्रोम दुई वर्षपछि प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो ।

वेस्ट ब्रोम २०१८–१९ को सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । च्याम्पियनसिपको अन्तिम खेलमा बुधबार राति क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग २–२ गोलको बराबरी खेलेपछि वेस्ट ब्रोम सिधै प्रिमियर लिगमा बढुवा भएको हो ।

लिड्स युनाइटेड च्याम्पियनसिको च्याम्पियन हुदै यसअघि नै शीर्ष डिभिजनमा फर्किएको छ । लिड्सले यस सिजन ९३ अंक जोड्यो । दोस्रो स्थानको वेष्ट ब्रोमले ८३ अंक जोड्यो ।

यस्तै प्रिमियर लिगमा बढुवाका लागि स्वान्सी सिटी, फुलहम, ब्रेन्फोर्ड र कार्डिफ सिटीले प्ले अफ खेल खेल्ने छन् । विगान एथ्लेटिक्स, चार्ल्टन एथ्लेटिक र हल सिटी भने तेस्रो डिभिजनमा घटुवा भएका छन् ।

प्रिमियर लिगमा भने नर्विच सिटी रेलिगेसन पर्ने टुंगो लागिसकेको छ । अब रेलिगेसनका दुई स्थानबाट बच्न बर्नमाउथ, वाटफर्ड र एस्टन भिल्ला संघर्षरत छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्