कार्यकर्ता मारिएको भन्दै कांग्रेसको आक्रोश, बागलुङ घटनाबारे छानाविन गर्न माग – Janadesh Daily | ePaper

कार्यकर्ता मारिएको भन्दै कांग्रेसको आक्रोश, बागलुङ घटनाबारे छानाविन गर्न माग


जनादेश, काठमाडौँ ।

नेपाली कांग्रेसले बाग्लुङमा भएको घटनाको निश्पक्ष छानविन गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै होली खेल्ने नाममा आफ्ना पार्टीका कार्यकर्ता मारिएको भन्दै निश्पक्ष छानविन गर्न माग गरेका हुन् ।

होली खेल्ने नाममा असमझदारी र आवेगले हो वा योजनाबद्ध षड्यन्त्रले हत्या भएको हो यसको छानविन गरि दोषीलाइ कारवाही गर्न माग गरिएको छ । आइतबार गुल्मी र प्युठानको सीमाना जोडिएको बाग्लुङ जिल्लाको बल्देधुरीमा भएको घटनामा प्रकाश कुँवर र दीपक नेपालीको मृत्यु भएको थियो ।

प्रकाश कुँवर नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सदस्य हुन् । दुवै युवाको मृत शरिर भीरबाट करिब ४ सय मिटर तल भेट्टिनुले हत्या गरि फालिएको वा भीरबाट धकेलेर हत्या गरिएको हुनसक्ने भन्दै निश्पक्ष छावनि गर्न कांग्रेसले माग गरेको हो ।

वाग्लुङ घटनाको निश्पक्ष छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न र कडा कानूनी कारवाही अगाडी बढाउन समेत विज्ञप्तीमा माग गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्