फेरि बढ्यो पेट्रोलियमको मूल्य, निगम भन्छः अझै घाटामै छौं (मूल्य सूचिसहित) – Janadesh Daily | ePaper

फेरि बढ्यो पेट्रोलियमको मूल्य, निगम भन्छः अझै घाटामै छौं (मूल्य सूचिसहित)


जनादेश अपडेट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

निगमले पेट्राेल, डिजल र मट्टीतेलको मूल्य दुई/दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जनादेशलाई जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासकाे मूल्य भने यथावत् रहेकाे निगमले जनाएको छ । मूल्य समायाेजनपछि पनि निगमले १५ दिनमा ८८ कराेड रुपैयाँका दरले घाटामा रहेकाे दाबी गरेकाे छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्