विपुल पोखरेललाई सुखद् संकेत, ललितपुरमा सागर न्यौपानेको गठबन्धन प्यानल विजयी – Janadesh Daily | ePaper

विपुल पोखरेललाई सुखद् संकेत, ललितपुरमा सागर न्यौपानेको गठबन्धन प्यानल विजयी


जनादेश अपडेट ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखामा सागर न्यौपानेको समूहले नै विजय हासिल गरेको छ। केही बेरअघि सम्पन्न मतगणनाअनुसार विपुल पोखरेल प्यानलका न्यौपाने २७६ मतसहित ललिततपुर जिल्ला शाखाको अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिकी सदस्य रजिता थापाका अनुसार न्यौपानेको समूहले नै विजय प्राप्त गरेको हो। जसअनुसार २३३ मतसहित रनसुर उपाध्यक्ष, २५० मतसहित राजु बस्नेत कोषाध्यक्ष, २६९ मतसहित रामहरि कार्की सचिव तथा २४० मतसहित रविन राई सहसचिवमा निर्वाचित भएका छन्।

ललितपुर शाखामा महासंघको २० सदस्यीय कार्यसमिति चयन भएको उनले जानकारी दिइन्। देशभरसँगै बुधबार भएको मतदानमा ललितपु शाखामा कूल मत ३८३ खसेको उनले जानकारी दिइन्।

प्रदेश र केन्द्रको के छ

जारी मतगणनामा १०० मत गन्दा उपत्यका प्रदेशका अध्यक्षका प्रत्यासी श्रीजन झाले ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दीले २३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका प्रत्यासी वीरबहादुर लामाले ६७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वीले २५ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवका प्रत्यासी टेनिस रोकाले ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी ३६ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवका प्रत्यासी रोशनराज पाण्डेले ६४ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षका प्रत्यासी अर्जुन पन्तले ७० मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वीले २४ मत प्राप्त गरेका छन् । समावेशी सचिवका प्रत्यासी अमर भुजुले ५९ मत प्राप्त गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्