आज घोडेजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, औपचारिक कार्यक्रम घटाइयो – Janadesh Daily | ePaper

आज घोडेजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, औपचारिक कार्यक्रम घटाइयो


जनादेश अपडेट ।

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ । कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष थोरैलाई आमन्त्रित गरि‍एको र कार्यक्रम पनि घटाइएको नेपाली सेनाले जनाएको छ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ। नेपाली सेनाले आज टुँडिखेलमा घोडा दौड, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनी गर्दै छ।


टुँडिखेलमा घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु अतिथिको रुपमा पुग्ने गरेका छन्। गएको वर्ष कोरोना महामारीका कारण लकडाउन भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

घोडेजात्रा पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्