खुल्न लागेको आकासमा फेरि घातक तुवाँलकोको घेरा, कस्तो रहला आजको मौसम ! – Janadesh Daily | ePaper

खुल्न लागेको आकासमा फेरि घातक तुवाँलकोको घेरा, कस्तो रहला आजको मौसम !


जनादेश अपडेट ।
लामो समयसम्म धुम्म रहेर खुल्न लागेको आकासमा फेरि तुवाँलो देखिएको छ । काठमाडौं लगायतका क्षेत्रमा तुवाँलोले आकास फेरि धुम्म भएको हो ।

हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशका धेरै स्थानमा तुँवालो लागेको जनाएको छ ।

तुवाँलो घातक रहेकाले सकेसम्म बाहिर ननिसक्न र निस्कन परे मास्क वा चस्माको प्रयोग अनिवार्य गर्न विज्ञहरुले सुझाएका छन् ।

मौसम कस्तो रहला !
मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार केही भागमा तुँवालोको असर रहने छ ।

सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोली (मंगलबार) पहाडी भू-भागमा बदली रहने छ । पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ ।

बुधबार पहाडी भू-भागका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्