जनादेश अपडेट ।
आज पनि काठमाडौं लगायतका स्थानमा आकासमा देखिएको तुवाँलो नहट्ने मौसमविद्हरुले बताएका छन् ।
आज अपराह्नपछि पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशका केही भू-भागमा तुँवालोको असर रहने जानकारी दिएको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।
हाल पहाडी भू-भागमा बदली रहेको तथा देशका धेरै स्थानमा तुँवालो रहेको जनाइएको छ ।
भोलि सुदूपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली हुने छ । पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि क्षणिक वर्षा हुने तथा केही भू-भागमा तुँवालोको असर रहने महाशाखाले जनाएको छ ।
बिहीबार पहाडी भू-भागमा बदली हुनाका साथै केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने तथा केहि भागमा तुँवालोको असर रहने महाशाखाको पूर्वानुमान छ ।