२२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने २ पक्राउ – Janadesh Daily | ePaper

२२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने २ पक्राउ


जनादेश, काठमाडौँ ।

सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल काठमाडौंस्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । घटना लगत्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाकोको टोलीले सिसिटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेका हो ।

पक्राउ परेका उनीहरुले पवित्राले आफूलाई नभइ अर्कै केटालाई मनपराएका कारण एसिड प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ । कार्किमाथि शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरिएको हो ।

पक्राउ परेका भारतीय नागरिक मोहम्मद आलमका कामदार रहेको छन् । आलमले मोहम्मदलाई एसिड प्रहार गर्न लगाएका थिए जसमा मोहम्मदको समेत केही प्रतिहत हात जलेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्