अमेरिकाद्वारा ४ चिनियाँ नागरिकमाथि भिसा जालसाजीको आरोप – Janadesh Daily | ePaper

अमेरिकाद्वारा ४ चिनियाँ नागरिकमाथि भिसा जालसाजीको आरोप


एजेन्सी ।

अमेरिकाले चारजना चिनियाँ नागरिकविरुद्ध भिसा जालसाजीको आरोप लगाएको छ ।

चार जनामध्ये तीन जना पक्राउ परी सकेका छन् भने एक जनाको खाजी भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । खोजी भइरहेका चौथो व्यक्ति सन फ्रान्सेस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेको अमेरिकाले दाबी गरेको छ ।

एफबिआईले चिनियाँ सैनिकसँग अघोषित सम्बन्ध रहेको आशंकामा अन्य मानिससँग समेत सोधपुछ गरेको छ । आर्मीका वैज्ञानिकलाई अमेरिका पठाउने अभियानमा चीनले उनीहरुलाई सैन्य सम्बद्धताबारे जानकारी नखुलाई भिसा लिन लगाएको अमेरिकी अधिकारीले आरोप लगाएका छन् ।

यस्तै, अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि ७२ घण्टाको अल्टिमेटम समेत दिएको थियो । यी सबै घटनाक्रमले अमेरिका चीनप्रति पूर्वाग्रह रहेको देखिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्