मुख्यमन्त्रीको टेबलमा ड्यासबोर्ड – Janadesh Daily | ePaper

मुख्यमन्त्रीको टेबलमा ड्यासबोर्ड


 जनादेश विराटनगर ।
ADB to prepare DPR for Province 1 govt's urban corridor project ...

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले आफ्ना सम्पूर्ण कार्य चुस्त, पारदर्शी एवं सुशासनका साथ गरिरहेको बताउनुभएको छ ।

मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डको आज शुभारम्भ गर्दै उहाँले प्रदेशलाई प्रविधियुक्त बनाउन लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले आगामी दिनमा बोर्डमार्फत प्रदेशका १३७ पालिका लिङ्क गरी मुख्य योजनाको अनुगमन, सञ्चालन, क्षमता विस्तार एवं छलफल गर्न सकिने धारणा राख्नुभयो ।

प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन बोर्ड उपयोगी हुने विचार राख्नुभयो । बोर्डका प्राविधिक प्रमुख सन्तोष भुसालले मन्त्रालयबीच कामका लागि प्रतिस्पर्धा गरिने र महालेखामार्फत खर्चको विवरण राखिने जानकारी दिनुभयो ।

स्वीस सरकारको सहयोगमा स्थापित ड्यासबोर्डमा प्रदेशका सबै मन्त्रालय, विभाग, निर्देशनालय, कार्यालय आदिका वित्तीय, भौतिक, कार्य र समग्र प्रगतिको विवरण राखिनाका साथै यसबाट सामाजिक सञ्जाल, विभिन्न रेडियोमार्फत जनतालाई सूचना दिइने छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्