विहानैदेखि वर्षाः यस्तो छ दिनभरको मौसमी अनुमान – Janadesh Daily | ePaper

विहानैदेखि वर्षाः यस्तो छ दिनभरको मौसमी अनुमान


जनादेश अपडेट ।

देशका अधिकांश भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न आज दिनभरजसो नै पानी पर्ने विभागको भनाइ छ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बिहानदेखि नै पानी परिरहेको बताइएको छ। सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको र अन्य प्रदेशमा पनि केहीबेरमै पानी पर्ने सम्भावना रहेको विभागको भनाइ छ।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै बताइएको छ।

दिउँसोतिर देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीका सम्भावनासमेत रहेको विभागको भनाइ छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्