घर भत्किँदा वृद्धको मृत्यु – Janadesh Daily | ePaper

घर भत्किँदा वृद्धको मृत्यु


जनादेश नुवाकोट ।

अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ ।

बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो ।

ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा आज बिहान झरेको पहिरोले पाँच घर पुरेको छ ।

स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार बेलकोटगढी नपा–५ लामाछौरमा पहिरोले पाँच घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन् । दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन् ।

पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ । प्रहरी र स्थानीयसीले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै बेलकोटगढी नपा–५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ ।

आज बिहान आएको पहिरोले पाँच घर पुरिएको हो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्