काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द (विज्ञप्तिसहित) – Janadesh Daily | ePaper

काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द (विज्ञप्तिसहित)


Kathmandu records year's hottest days - Aarthiknews:: A leading business &  economic news portal from Nepal

, काठमाण्डौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि वैशाख २२ गते अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका हुन् ।

बन्द गरिएका सेवामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल लगायत रहेका छन् । त्यस्तै सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकलको पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न आग्रह गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्