मुलुकभरका शिक्षण संस्था अनिश्चितकालका लागि बन्द ! – Janadesh Daily | ePaper

मुलुकभरका शिक्षण संस्था अनिश्चितकालका लागि बन्द !


जनादेश अपडेट ।

सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले यस्तो निर्णय लिएको हो ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । यसैगरी बैठकले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

सीसीएमसी बैठकको सिफारिस बमोजिम सरकारले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।

सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय गरेको समेत उनले जानकारी दिए ।

बैठकले आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगन गर्नुका साथै सीमानाका बन्द गर्नुपर्ने, विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने लगायतका व्यवस्ता गर्न सरकारलाई सिफारिस गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्