स्थानीय प्रशासनलाई मन्त्रिपरिषद्को निर्देशनः लकडाउन कम्तीमा १५ दिन – Janadesh Daily | ePaper

स्थानीय प्रशासनलाई मन्त्रिपरिषद्को निर्देशनः लकडाउन कम्तीमा १५ दिन


जनादेश अपडेट ।

सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनलाई लकडाउन एक साता नभएर १५ दिन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्देशपछि काठमाडौं उपत्यकामा १५ दिन ‘लकडाउन’ (निषेधाज्ञा जारी) गरिने भएको छ।

उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले यही वैशाख १६ देखि २२ गतेसम्म अर्थात् एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका भए पनि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले त्यसको अवधि १५ दिन तोकेको हो।

‘हामीले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनादेशसँग भने, ‘मन्त्रिपरिषदको निर्णयअनुसार अब एक हप्तापछि अवधि थप्छौं।’

कोरोनाभाइरसका संक्रमित संख्या हेरेर निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्लाहरूलाई नै दिएको छ।

सीसीएमसीले सक्रिय संक्रमित– सहरी क्षेत्रमा ५ सय र पहाडी जिल्लामा २ सय नाघेपछि निषेधाज्ञा लागू गराउन सिफारिस गरेको थियो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको अवस्था अध्ययन गरेर स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने अधिकार सोमबारको मन्त्रिपरिषद बैठकले दिएको बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्