कोरोना महामारीः ओपिडी बन्द, अस्पतालमा आइसियु परको कुरा बेड पनि पाइँदैन – Janadesh Daily | ePaper

कोरोना महामारीः ओपिडी बन्द, अस्पतालमा आइसियु परको कुरा बेड पनि पाइँदैन


जनादेश अपडेट ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग (ओपीडी) सेवा बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । मंगलबार एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको थियो ।

उनले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको बताए । मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ ।

यस्तै मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए छ महिना करारमा लिनसमेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आईसीयु) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।

आइसियु परको कुरा अस्पतालमा बेड पनि पाइँदैन

नेपालमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसले भयावह रुप लिँदै गएको छ । कोरोनाको दोस्रो वेभ फैलिएपछि देशभरका अस्पतालमा संक्रमित थपिने र बेड नपाउने अवस्था भइसकेको छ। दैनिक २ हजार भन्दा बढी संक्रमित थपिइँरहँदा संक्रमितले बेड पाउन छाडिसकेका छन्। केही सरकारी अस्पतालले संक्रमितका लागि उपचारका नयाँ बेड थप्ने योजना समेत बनाएका छन्।

संक्रमितको संख्या निरन्तर बढ्दो छ, तर गम्भीर प्रकृतिका संक्रमितले बेड पाउन छाडेका छन् । उपत्यका बाहिरका कोभिड अस्पतालमा संक्रमितहरू भुइँमा बसी उपचार गराउन बाध्य छन् । केहीले भने अस्पतालमा अक्सिजनको लेभल परीक्षण गर्दै होम आइसोलेसनमा बस्न थालेका छन् ।

अस्पतालमा संक्रमितका लागि बेडको अभाव र थापाले भनेजस्तो मूकदर्शक हुनुबाहेक अन्य विकल्प नरहने अवस्था आइसकेको छ ।

उपत्यका लगायत देशभरका अन्य जिल्लामा कोभिड संक्रमितका लागि अस्पतालमा बेड उपलब्ध हुन छोडिसकेको छ। अधिकांश अस्पतालका आइसियु र कोभिडको आइसोलेसन समेत भरिएका छन्।

सरकारले कोभिड संक्रमितका उपचारका लागि थप रणनीति नबनाए संक्रमणले जटिल रुप लिने विज्ञहरूले बताउन थालेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्