नेकपाका अध्यक्षद्वय संवादहीनताको अवस्थामा – Janadesh Daily | ePaper

नेकपाका अध्यक्षद्वय संवादहीनताको अवस्थामा


जनादेश काठमाण्डौ ।

प्रचण्डलाई प्रधानमन्त्री ओलीको ...

साउन सत्तारुढ नेकपामा स्थायी कमिटी बैठक आगामी १४ गतेसम्मका लागि स्थगित भएसंगै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पुनः संवादहीनताको अवस्था आएको छ ।

विवादित अधिकांश विषयमा छलफल गर्ने महत्वपुर्ण निकाय स्थायी कमिटीलाई बन्धक बनाएका दुई अध्यक्षबीच विभिन्न एजेण्डामा छलफल भएपनि सहमति हुन सकेको छैन ।

स्थायी कमिटी बैठक गत असार १० गते यता झण्डै दर्जन पटक स्थगित भईसकेको छ । मुलुकभरको बाढी पहिरोबाट परेको प्रभावमा सरकार र पार्टी केन्द्रीत हुन परेकाले अन्य विषय अहिले ओझेलमा परेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

यद्यपी सहमतिका लागि आन्तरिक छलफल जारी रहेको उहाँको भनाई छ । कोरोनाले पारेको प्रभाव, भारतसंगको सीमा विवाद, एमसीसी लगायतका विषयमा छलफलका लागि बोलाईएको बैठक प्रधानमन्त्रीको राजिनामामा केन्द्रीत भएपछि पार्टी भित्रको विवाद अहिले उत्कर्षमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्