प्रधान्यायाधीशलाई महाभियोग लगाऔंः पूर्वप्रधानमन्त्री भट्टराई – Janadesh Daily | ePaper

प्रधान्यायाधीशलाई महाभियोग लगाऔंः पूर्वप्रधानमन्त्री भट्टराई


जनादेश काठमाण्डौ ।

Baburam Bhattarai (@brb1954) | Twitter

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने बताउनुभएको छ ।

भट्टराईले आज सामाजिक सञ्जालमा लेख्दै प्रधानन्यायाधीशले अपराधको संरक्षण गरेको भन्दै महाभियोग लगाएर हटाउनुपर्ने बताउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको सहुलियतले चौतर्फी प्रश्न उठाएको छ ।

खारेज भइसकेको कानुनको प्रयोग गरेर हालको कानुनी व्यवस्थाको मनोमानी व्याख्या गरेको भन्दै न्यायाधीशद्वयकै ‘कार्यक्षमता’ मै प्रश्न उठाइएको हो । जनता समाजबादी पार्टीका नेता समेत रहेका भट्टराईले देश संकटतिर गएकोभन्दै समाधानका लागि ५ वटा उपाय उल्लेख गर्नुभएको छ ।

उहाँले तत्काल संसद् अधिवेशन बोलाउनु पर्ने, केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्नु पर्ने, प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने र भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान उपयुक्त हुने बताउनुभएको छ ।

त्यस्तै नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले न्याय चीरहरण भएको यसरी टुलुटुलु हेर्न नसक्ने बताउनुभएको छ । रिजालले महाअभियोगको व्यवस्था कसैलाई तर्साउन लागि मात्र होइन भन्ने प्रमाणित गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्