एक सय ६० हेक्टरमा ४ लाख बिरुवा रोपियो – Janadesh Daily | ePaper

एक सय ६० हेक्टरमा ४ लाख बिरुवा रोपियो


चन्द्रप्रकाश नेपाली,

घोराही। दाङमा यस बर्ष एक सय ६० हेक्टर क्षेत्रफलमा विभिन्न खाले बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालय दाङका अनुसार घोराही, तुलसीपुर, बंगलाचुली, बबई, शान्तिनगर र दंगिशरण पालिकाको विभिन्न स्थानका एक सय ६० हेक्टर क्षेत्रफलमा विरुवा रोपिएको हो ।

उक्त क्षेत्रमा वन जन्य विरुवा, फलफूल र जडिवुटी गरी ४ लाख विरुवा राप्ने लक्ष्य लिएको डिभिजन प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभएको छ । वन जन्य बिरुवा सवा दुईलाख, फलफुल जन्य ७५ हजार र जडिबुटीका एक लाख विरुवा रोपिएको छ ।

यसैविच वन कार्यालयले २० बढी स्थानमा करिब एक सय हेक्टर वगरमा बृक्षारोपण गरिएको छ । नदी तथा खोल किनारका बगरलाई वन बनाउने उदेश्यले विभिन्न खाले बिरुवाहरु रोपिएको डिभिजन प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

वन कार्यालयले यस बर्ष टीमू्रका झण्डै एक लाख बिरुवा वितरण गरेको छ । त्यस्तै मालगेडी र डालचिनी व्यवसायीकरुपमा उत्पदान गर्ने उदेश्यले रोपण गरिएको वन कार्यालयको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्