सर्वाेच्चको फैसला ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’ – Janadesh Daily | ePaper

सर्वाेच्चको फैसला ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’


जनादेश काठमाण्डौ ।

महान्यायाधिवक्ताको कार्यालयलेसर्वोच्च अदालतको फैसलापछि रिहा भएका हत्यारा पूर्वडीआईजी रन्जन कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने माग गरेको छ ।

सरकारका तर्फबाट फैसला पुनरावलोकनका लागि दर्ता गरिएको निवेदनमा कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पनि हदैसम्मको सजायँ हुनुपर्ने माग गरिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ भनेको छ ।सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनमा गएका सरकारी वकिलले पेस गरेको ८ पेज लामो निवेदनमा रन्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चको आफ्नै नजिर, कानुनी सिद्धान्तको मर्म प्रतिकुल भएकाले बदर हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै रन्जनकी प्रेमिका तारा रेग्मीले गीता ढकालको हत्या गर्न मतियारको भूमिका निर्वाह गरेको तथ्यलाई फैसलाले समेत स्वीकार गरिसकेको अवस्थामा उनको सजाय घटाउने फैसलासमेत त्रुटिपूर्ण रहेको सरकारी वकिलको जिकिर छ ।

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको फैसला र क्षमतामाथिसमेत गम्भीर प्रश्न उठाएको छ । तजबिजी अधिकारको प्रयोग गरी कसुरदारलाई विधायिकी मनसाय विपरीत हुने गरी अति हलुको, निरर्थक र निष्प्रभावी प्रकृतिको सजाय तोक्ने हो भने सजायले आफ्नो उद्देश्य र तात्पर्य गुमाउने निवेदनमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्