अक्सिजन प्लान्टका लागि रु ७५ लाख – Janadesh Daily | ePaper

अक्सिजन प्लान्टका लागि रु ७५ लाख


जनादेश, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार रु ७५ लाख बजेटको व्यवस्था गरेको छ ।

केही दिनअघि मात्रै अर्थमन्त्री, स्वास्थ्यमन्त्री र सचिवहरूसँग छलफल गरेर भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माण गर्न भक्तपुर अस्पताललाई रु तीन करोड ८० लाख, नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु तीन करोड १२ लाख ७० हजार र सूर्यविनायक अस्पतालका लागि समेत गरेर सङ्घीय सरकारबाट रु आठ करोड एक लाख ७० हजार बजेट व्यवस्था गरेको थिएँ, थप बजेटको व्यवस्था गरियो, जनताको स्वास्थ्य र सुरक्षाका लागि जनप्रतिनिधिको हैसियले सक्दो प्रयास गर्छु । । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्