सभामुख सापकोटाद्वारा आह्वान सर्वदलीय बैठक सुरु, ओली सहभागी भएनन् (तस्वीरसहित) – Janadesh Daily | ePaper

सभामुख सापकोटाद्वारा आह्वान सर्वदलीय बैठक सुरु, ओली सहभागी भएनन् (तस्वीरसहित)


जनादेश, काठमाडौँ ।

संघीय संसद भवन नयाँबानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटा र शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । सभामुख सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनाल , जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् । बैठकमा झलनाथ खनाल भर्चुअल प्रविधिबाट सहभागी भएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्