फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, पेट्रोल प्रति लिटर १२७ रुपैयाँ – Janadesh Daily | ePaper

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, पेट्रोल प्रति लिटर १२७ रुपैयाँ


जनादेश अपडेट ।

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।

नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ ।

यस्तै अन्तरास्ट्रिय हवाइ इन्धनको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर २० डलरले बढेर ७३५ डलर पुगेको छ ।

नेपाल आयल निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर २ रुपैयाँकाे दरले बढाएकाे थियाे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्